सूचना-प्रविधि
बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह
काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अपनाउन आग्रह गरेका छन् ।
बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति पुर्याएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिम पहिरो आइस–रक एभालान्चका कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।
ताजा समाचार
रसुवा बाढी : १५७ शव भेटिए, २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवा जिल्लामा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त २०८३ भदौ १० गते राति ११ः०५ बजेसम्मको विवरणअनुसार...
भोेटकोशीको बाढीले त्रिशूली बजार क्षेत्रका ६० घर बगायो
काठमाडौँ । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचन...
रसुवामा बाढीले प्रहरीका ३ कार्यालय बगायो, थप जानकारी आउन बाँकी
काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवर...
चार प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु...
देशभर मनसुनी प्रभाव : यी क्षेत्रमा भारी वर्षाको जोखिम
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।...
नौ दिनपछि खुल्यो ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोर, पुनः अवरुद्ध हुने जोखिम...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ। बाढीले स...


