बिहिबार, २५ भदौ २०८३
नेपाली

सूचना-प्रविधि

Main News Image

भोटेकोशी बाढी : १२ हजारको उद्धार, १३ सय हाराहारीको शव भेटियो, पाँच हजार अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावितमध्ये ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै नेपाली सेनामार्फत ३ हजार २०६ र सशस्त्र प्रहरी बलमार्फत १ हजार ८७४ जनाले उपचार सेवा पाएका छन्।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको जीवितै उद्धार गरिएको छ, जसमध्ये ३ हजारभन्दा बढी मानिसहरू हाल विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा राखी खाना, स्वास्थ्य र आधारभूत सेवा उपलब्ध गराइरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।

यसैगरी, बाढीका कारण अझै ५ हजार ८३ जना नागरिक सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजीका लागि सुरक्षा निकाय र अन्य सम्बद्ध टोलीहरू तीव्र रूपमा परिचालन गरिएको छ ।


भोटेकोशी बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ब...

कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोलिने, वैकल्पिक मार्ग प्रयोग गर्न...

काठमाडौँ । धादिङको कृष्णभीरमा खसेको ठूलो पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन नौबिसे खण्ड पूर्ण रूपमा ठप्प भएको छ । त्रिशूली नदीले सडक मुनिको जमि...

महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज  बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँग...

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

काठमाडौँ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना र...

रसुवा बाढी : मृतकको संख्या ९ सय नाघ्यो, ४ हजार जनाभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण...

मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ । अहिले देशभर साधारणतया बादल लाग...