आइतबार, २८ असार २०८३
नेपाली

राजनीति

Main News Image

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

महेन्द्रनगर । प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवारहरू निर्वाचित भएका छन्। यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् ।

२४ हजार ३३२ मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे । त्यसैगरी नेकपा ९एमाले०का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरेका छन्। कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो ।

त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गरेका हुन् ।

झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

काठमाण्डौँ । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका...

गुल्मी–१ मा सागर ढकाल विजयी, प्रदीप ज्ञवाली पराजित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरस...

जुम्लामा ज्ञानेन्द्र शाही विजयी, विनीता कठायतको जमानत जफत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्ला क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानबहादुर ज्ञानेन्द्र शाही विजय...

रास्वपाका २ जना सांसदले तोडे रवि लामिछानेको रेकर्ड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्...

देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर उल्लेखनीय अग्रता ल...

पृथ्वीसुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज केसी विजयी

लमजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजु...