शनिबार, १४ कात्तिक २०८३
नेपाली

प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ

Main News Image

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न रहेको ठोस प्रमाणका आधारमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास ५ का २५ वर्षीय सुजन वाइवा, दोलखाको मेलुङ ६ का २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरको भीमदत्त ६ का २५ वर्षीय अनिल बुढा, गोरखाको आजिरकोट ५ का २१ वर्षीय अनिल भुजेल, भारतको राजस्थान जयपुरग्रामका २४ वर्षीय सोयव खान, कञ्चनपुरको महेन्द्रनगर ऐंठपुरका २० वर्षीय विकास आग्री रहेका छन् ।

काठमाडौँ प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार थप पक्राउ परेकाहरूमा दैलेखको शैलुङ ८ का २१ वर्षीय तीर्थमान तामाङ, मकवानपुरको बकैया २७ वर्षीय राजेश तामाङ, काठमाडौँको नागार्जुन ८ का ३२ वर्षीय मोहन तामाङ, नुवाकोटको ककनी १ का ३१ वर्षीय सुवास तामाङ, सिन्धुलीको सुनकोसी १ का २५ वर्षीय सुचेन तामाङ, काभ्रेको धुलिखेल ११ का ४१ वर्षीय सुवास गोतामे, कञ्चनपुरको बेलौरी १ बैसाखीका २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोकको इरखु १ का २९ वर्षीय सविन राई र महोत्तरीको लोहरपट्टी ७ का २४ वर्षीय गोविन्दकुमार ठाकुर रहेका छन्।

mediabaaji add

सम्बन्धित खबर

क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीत...

काठमाडौं उपत्यकामा २४ घण्टामा २२८ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा, मापसे गर्ने ८४ जना

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २२८ जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परे...