धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ
काठमाण्डौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणका लागि पुगेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका कर्मचारीमाथि कुटपिट भएको थियो ।
प्रहरीका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट खटिएका सव–इन्जिनियर सुरेश आले मगर र सुपरभाइजर हवेन्द्रकुमार यादवलाई स्थानीयवासी संजिव मल्लले स्थानीय स्तरमा ढलान गरिएको बाटो अनुमति नलिई प्रयोग गरेको भन्दै आक्रोशित भई कुटपिट गरेका थिए । घटनामा सव–इन्जिनियर आले सामान्य घाइते भएका थिए भने सुपरभाइजर यादवको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि ललितपुरस्थित अस्पतालमा रिफर गरिएको थियो। हाल उनी उपचाररत रहेका छन् ।
घटनापछि फरार रहेका नीलकण्ठ नगरपालिका–४ निवासी ४० वर्षीय संजिव मल्ललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा प्रहरीले पक्राउ गरेको हो । उनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गम्भीर उत्तेजनामा आई कुटपिट गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरिएको छ । अनुसन्धानका लागि जिल्ला अदालत धादिङबाट ६ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न पाँच स्थानबाट सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ बराबरको धनमा...
७ वर्षपछि दुर्घटना होइन, हत्या पुष्टि : श्रीमतीसहित ३ जना पक्राउ
काठमाण्डौँ । महोत्तरीको बर्दिबासमा ७ वर्षअघि ‘सवारी दुर्घटना’ भनिएको एक घटनाको वास्तविकता अहिले खुलेको छ । प्रहरी अनुसन्धानले सो घटना योजनाबद्ध हत्या भएको पुष्टि गर्दै मृतककी श्रीमतीसहित ३ जनालाई पक्राउ गरेको छ । २०७६...
सत्यको खोजमा समर्पित पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान’
काठमाण्डौँ । खोज पत्रकारितामार्फत सामाजिक न्याय, सुशासन र जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै खोज पत्रकार जीवन शर्मा सम्मानित भएका छन्। नेपाली समाजका ओझेलमा परेका सत्य, उत्पीडित समुदायका पीडा तथा भुइँमान्छेका आवाजलाई...
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद
काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनाराय...
गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन
मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...
प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न रहेको ठोस...



