विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण : महसुल घटाई आन्तरिक खपत बढाउने तयारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउने उद्देश्यले पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणालीको विकास गर्ने लक्ष्यका साथ प्राधिकरण सञ्चालक समितिले नयाँ प्रस्ताव तयार पार्न १५ दिनको समयसीमासहित एक विशेष समिति गठन गरेको हो ।
सञ्चालक समितिको बुधबार बसेको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ दर तय गर्ने र त्यसै प्रतिवेदनका आधारमा विद्युत् नियमन आयोगसमक्ष स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
निरन्तर सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको म...
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको...
विनिमयदर , डलर र युरोको मूल्य स्थिर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको...
एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाण्डौँ । एनएमबि बैंक लिमिटेडले कालिकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजना उत्पादन अनुमतिपत्र अनुसारको क्षमता ४४० मेगावाट का लागि लिड बैंक प्रमुख बैंकको रूपमा वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ । एससी पावर कम्पनी प्रालिद्वारा...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैस...
होटल पार्क ल्याण्डले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो आवेदन
काठमाडौँ । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक...



