भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !
• दुर्बिन शर्मा 'विवेक'
भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन एकेडेमीका राजु वाइवा सरले गर्नुभएको थियो। प्रतियोगितामा २८ जना विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।
कार्यक्रमको अध्यक्षता एकेडेमीका संस्थापक धर्मरत्न खाइतुले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा डाइरेक्टर सरोज भट्टराई, प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतु, प्रिन्सिपल सुजन भट्टराई तथा गजलकार जुमन किरण उपस्थित रहनुभएको थियो।
निर्णायक मण्डलमा मुक्तकसागरकी सम्पादक निशा के.सी., नेपाली विषयकी शिक्षिका उर्मिला सापकोटा र साहित्यकार वसुन्धरा चौहान "सुनिता" रहनुभएको थियो।
कार्यक्रमका क्रममा साहित्यकार वसुन्धरा चौहान "सुनिता" ज्यूले केही थान मुक्तक वाचन गर्नु भएको थियो। प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतुज्यूले विद्यार्थीहरूको प्रस्तुति देखेर खुसी व्यक्त गर्दै यस्ता साहित्यिक कार्यक्रमहरू विद्यालयमा अत्यन्त आवश्यक रहेको बताउनुभयो। त्यसैगरी, मुक्तकसागरकी सम्पादक निशा के.सी. ज्यूले निर्णय सुनाउँदै साहित्यले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियोे ।
कार्यक्रमको संयोजन गजलकार जुमन किरण र साहित्यकार वसुन्धरा चौहान सुनिताज्यूले गर्नुभएको थियो।यस कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि, आत्मविश्वास तथा सृजनशीलताको विकासमा सकारात्मक योगदान पुर्याएको विश्वास लिइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
काठमाण्डौँ । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथ...
पहिलोचोटि नेपाल प्रज्ञा-प्रतिष्ठान 'प्रज्ञा-नारी काव्य सङ्गोष्ठी'सहित दार्चुलामा सम्पन्न
दुरबिन शर्मा विवेक
मिडियाबाजी डटकम, काठमाडौँ। २०८२ चैत ७ गते , शनिबार दार्चुला ,खलङ्गामा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूर...
‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ ।
आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रश...
नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा
काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासी र जयराज आचार्यलाई सम्मान
काठमाण्डौँ । हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठ...
गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन
चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ । मञ्चका विशिष्ट सदस्य तथा गजलकार राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’, संस्थापक अध्यक्ष तथा गजलकार...



