बुधबार, ११ कात्तिक २०८३
नेपाली

भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !

Main News Image


• दुर्बिन शर्मा 'विवेक'

भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रमको सञ्चालन एकेडेमीका राजु वाइवा सरले गर्नुभएको थियो। प्रतियोगितामा २८ जना विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।

  कार्यक्रमको अध्यक्षता एकेडेमीका संस्थापक धर्मरत्न खाइतुले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा डाइरेक्टर सरोज भट्टराई, प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतु, प्रिन्सिपल सुजन भट्टराई तथा गजलकार जुमन किरण उपस्थित रहनुभएको थियो।

    निर्णायक मण्डलमा मुक्तकसागरकी सम्पादक निशा के.सी., नेपाली विषयकी शिक्षिका उर्मिला सापकोटा र साहित्यकार वसुन्धरा चौहान "सुनिता" रहनुभएको थियो।

    कार्यक्रमका क्रममा साहित्यकार वसुन्धरा चौहान "सुनिता" ज्यूले केही थान मुक्तक वाचन गर्नु भएको थियो। प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतुज्यूले विद्यार्थीहरूको प्रस्तुति देखेर खुसी व्यक्त गर्दै यस्ता साहित्यिक कार्यक्रमहरू विद्यालयमा अत्यन्त आवश्यक रहेको बताउनुभयो। त्यसैगरी, मुक्तकसागरकी सम्पादक निशा के.सी. ज्यूले निर्णय सुनाउँदै साहित्यले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियोे ।

   कार्यक्रमको संयोजन गजलकार जुमन किरण र साहित्यकार वसुन्धरा चौहान सुनिताज्यूले गर्नुभएको थियो।यस कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि, आत्मविश्वास तथा सृजनशीलताको विकासमा सकारात्मक योगदान पुर्‍याएको विश्वास लिइएको छ।

mediabaaji add

सम्बन्धित खबर

नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय

काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ । प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रद...

'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न

 प्राज्ञ चेतनाथ धमला

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषा...

प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी शोधमूलक लेख/रचना आह्वान

प्राज्ञ चेतनाथ धमला 

   काठमाडौँ। ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलत...

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रका...

मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट ग...

संघर्ष र साधनाबाट स्थापित गायक बेल बहादुर परियार

काठमाडौँ । रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको बाटो नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । गए मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहले उनको निरन्तर साधना र...