भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !
• दुर्बिन शर्मा 'विवेक'
भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन एकेडेमीका राजु वाइवा सरले गर्नुभएको थियो। प्रतियोगितामा २८ जना विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।
कार्यक्रमको अध्यक्षता एकेडेमीका संस्थापक धर्मरत्न खाइतुले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा डाइरेक्टर सरोज भट्टराई, प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतु, प्रिन्सिपल सुजन भट्टराई तथा गजलकार जुमन किरण उपस्थित रहनुभएको थियो।
निर्णायक मण्डलमा मुक्तकसागरकी सम्पादक निशा के.सी., नेपाली विषयकी शिक्षिका उर्मिला सापकोटा र साहित्यकार वसुन्धरा चौहान "सुनिता" रहनुभएको थियो।
कार्यक्रमका क्रममा साहित्यकार वसुन्धरा चौहान "सुनिता" ज्यूले केही थान मुक्तक वाचन गर्नु भएको थियो। प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतुज्यूले विद्यार्थीहरूको प्रस्तुति देखेर खुसी व्यक्त गर्दै यस्ता साहित्यिक कार्यक्रमहरू विद्यालयमा अत्यन्त आवश्यक रहेको बताउनुभयो। त्यसैगरी, मुक्तकसागरकी सम्पादक निशा के.सी. ज्यूले निर्णय सुनाउँदै साहित्यले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियोे ।
कार्यक्रमको संयोजन गजलकार जुमन किरण र साहित्यकार वसुन्धरा चौहान सुनिताज्यूले गर्नुभएको थियो।यस कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि, आत्मविश्वास तथा सृजनशीलताको विकासमा सकारात्मक योगदान पुर्याएको विश्वास लिइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासी र जयराज आचार्यलाई सम्मान
काठमाण्डौँ । हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठ...
पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार
काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुका...
प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी शोधमूलक लेख/रचना आह्वान
प्राज्ञ चेतनाथ धमला
काठमाडौँ। ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलत...
कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण
प्राज्ञ चेतनाथ धमला
धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित
धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...
वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन
जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा विभाष लाभले जानकारी दिएका छन् ।
परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्य...
पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट
चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छ...



