सीमावर्ती क्षेत्रमा निर्वाचन सुरक्षा कडाइ : अवैध कारोबार नियन्त्रणमा वृद्धि
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रौतहटको सीमा नाकामा कडाइ गरिएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय बासिन्दाका अनुसार, भारतीय भूमिबाट रौतहटतर्फ अवैध रूपमा हातहतियार, गोली, बारुद, पटका र लागुपदार्थको कारोबार बढ्न सक्ने सम्भावना रहेको हुँदा कडाइ गरिएको हो । जिल्लास्थित प्रहरी संयन्त्र थप सशक्त र गतिशील बनाइएको छ, जसको परिणामस्वरूप तस्करीमा संलग्न गिरोहहरूको गतिविधि न्यून भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति र सुव्यवस्था कायम राख्न र जनतालाई आफ्नो अधिकार प्रयोग गर्न सुनिश्चित गर्न, सुरक्षा संयन्त्रले कडा निगरानी राखेको छ । रौतहट प्रहरी प्रमुख सीताराम रिजालका अनुसार, कर छली र अवैध सामानको भित्र्याइमा कमी आएको छ। प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै यस अवस्थामा सुधार ल्याउन सफल भएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख कृष्णदेवप्रसाद साहले, सीमानाका क्षेत्रमा कडा सुरक्षा व्यवस्थाका कारण कर छली र अवैध कारोबार नियन्त्रणमा आएको जानकारी दिए । उनले भने, चोरबाटो हुँदै हुने गैरकानुनी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने दरमा वृद्धि भएको छ र चोरीतस्करीमा संलग्न गिरोह निष्क्रिय भएका छन् । साथै, सिम्रौनगढ प्रहरी कार्यालयले पछिल्लो तीन महिनामा ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको, १८ वटा मुद्दा दायर गरेको, ८० केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको र ४६ हजार थान लागुऔषध हाइड्रोक्लोराइड बरामद गरेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए ।
शिवरात्रीमा उनले पशुपतिम...
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर...
साइबर ब्युरोमा अपराध अनुसन्धान गर्न आवश्यक डिजिटल फरेन्सिक ल्याब नै छैन : महानिरीक्षक कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले साइबर ब्युरोमा साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले साइ...
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पती शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो...
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्मार्ट टेलिकम स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ...
जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ
काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...



