मङ्गलबार, १७ कात्तिक २०८३
नेपाली

विवादमा ‘पाँच पाण्डव’ को आइटम गीत : निशानामा हरिवंश आचार्य

Main News Image

काठमाण्डौँ । फिल्म ‘पाँच पाण्डव’ को हालै सार्वजनिक भएको एउटा आइटम गीतलाई लिएर सामाजिक सञ्जालमा तीब्र विवाद उत्पन्न भएको छ । फिल्मको कथावस्तु र पात्रहरूको प्रस्तुतिले सनातन धर्म र संस्कृतिमाथि प्रहार गरेको भन्दै दर्शकहरूले यसको विरोध गरेका छन् । फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य यस विवादको मुख्य निशानामा परेका छन्। फिल्ममा हरिवंशले युधिष्ठिरको भूमिका निभाएका छन् । ‍

‘राजा चाहिया छ’ गीतको भिडिओमा द्रौपदीको भूमिकामा रहेकी इभा गिरीको आइटम नृत्य देख्न सकिन्छ। साथै गीतमा हरिवंशसहित महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल र सुशील सिटौलालाई देख्न सकिन्छ ।

तर, गीतको भिडि‌ओमा द्रौपदीलाई बार र रेस्टुरेन्टमा अर्धनग्न पहिरनमा आइटम डान्स गराइएको दृश्य राखिएको छ। महाभारतमा दुर्योधनको दासत्व स्वीकार नगरेकी, आफ्ना पतिको सम्मान र अस्मिता रक्षाका लागि साक्षात श्रीकृष्णको समेत साथ पाएकी तेजस्वी नारी द्रौपदीलाई यसरी प्रस्तुत गर्नु सनातन आस्थामाथिको खेलबाड भएको भन्दै दर्शकहरू आक्रोशित बनेका छन्। त्यस्तै, दशकौंदेखि नेपाली कला र हाँस्यव्यङ्ग्य क्षेत्रमा अमूल्य योगदान पुर्‍याएका हरिवंशजस्तो बौद्धिक र अनुभवी व्यक्तित्वले विवादास्पद कन्टेन्ट भएको फिल्ममा अभिनय गर्नु शोभनीय नभएको भन्दै धेरैले नैतिक प्रश्न उठाएका छन्।


mediabaaji add

सम्बन्धित खबर

२०८२ सालका सर्वाधिक कमाउने १० नेपाली चलचित्र सार्वजनिक

काठमाडौँ । वर्ष २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सफल वर्ष बनेको छ । चलचित्र विकास बोर्डका अनुसार गत वर्ष ५७ नेपाली चलचित्र प्रदर्शन भए । बक्सअफिस तथ्याङ्कअनुसार परान ले घरेलु बजारमा १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्ष स्थान हासि...

प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

काठमाडौँ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।

श्याम क्षेत्...

७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो

काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...