विवादमा ‘पाँच पाण्डव’ को आइटम गीत : निशानामा हरिवंश आचार्य
काठमाण्डौँ । फिल्म ‘पाँच पाण्डव’ को हालै सार्वजनिक भएको एउटा आइटम गीतलाई लिएर सामाजिक सञ्जालमा तीब्र विवाद उत्पन्न भएको छ । फिल्मको कथावस्तु र पात्रहरूको प्रस्तुतिले सनातन धर्म र संस्कृतिमाथि प्रहार गरेको भन्दै दर्शकहरूले यसको विरोध गरेका छन् । फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य यस विवादको मुख्य निशानामा परेका छन्। फिल्ममा हरिवंशले युधिष्ठिरको भूमिका निभाएका छन् ।
‘राजा चाहिया छ’ गीतको भिडिओमा द्रौपदीको भूमिकामा रहेकी इभा गिरीको आइटम नृत्य देख्न सकिन्छ। साथै गीतमा हरिवंशसहित महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल र सुशील सिटौलालाई देख्न सकिन्छ ।
तर, गीतको भिडिओमा द्रौपदीलाई बार र रेस्टुरेन्टमा अर्धनग्न पहिरनमा आइटम डान्स गराइएको दृश्य राखिएको छ। महाभारतमा दुर्योधनको दासत्व स्वीकार नगरेकी, आफ्ना पतिको सम्मान र अस्मिता रक्षाका लागि साक्षात श्रीकृष्णको समेत साथ पाएकी तेजस्वी नारी द्रौपदीलाई यसरी प्रस्तुत गर्नु सनातन आस्थामाथिको खेलबाड भएको भन्दै दर्शकहरू आक्रोशित बनेका छन्। त्यस्तै, दशकौंदेखि नेपाली कला र हाँस्यव्यङ्ग्य क्षेत्रमा अमूल्य योगदान पुर्याएका हरिवंशजस्तो बौद्धिक र अनुभवी व्यक्तित्वले विवादास्पद कन्टेन्ट भएको फिल्ममा अभिनय गर्नु शोभनीय नभएको भन्दै धेरैले नैतिक प्रश्न उठाएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आशा भोसलेको निधन
काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...
आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
काठमाडौँ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो...
हाँस्य कलाकार ‘बले’ पक्राउ
काठमाडौँ । हाँस्य कलाकार सागर लम्साल बले पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।
अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन...
अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी
काठमाडौँ । कलाकार दीपकराज गिरीले अहिले संसदमा महिला, दलित तथा उत्पीडित वर्गको उल्लेख्य प्रतिनिधित्व हुनु माओवादी जनयुद्धको परिणाम भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वर्तमान राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका रहेको उल्लेख गरेका...
धुर्मुस भन्छन् _आश्मा न्याय पाउन आफ्नो मातृभूमि फर्किएकी थिइन्, तर राज्यको मुद्दा फेरि विदेशमा सारियो !
काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले न्याय पाउने आशामा छोरीसहित मातृभूमि फर्किएको बताएका छन् । उनले दुई महिनासम्म राज्यका विभिन्न निकायसँग परामर्श गर्दा पनि आफ्नो समस्या समाधान हुन नसकेको र फेरि विदेश फर्कन बाध्य भएको...
थानेश्वरको स्वरमा ‘लज्जावती’को गीत सार्वजनिक
काठमाडौँ । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्दरचना छ । सन्तोष बिसीले संगीत भरेका छन् । भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको...



