वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
काठमाडौँ । पर्साको वीरगन्जमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० मा रहेको गोदाममा सोमबार बिहान कारबाहीका लागि पुगेको टोलीमाथि आक्रमण भएको हो । आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा कपडा भण्डारण गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरीले छापा मारेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सो गोदामबाट करिब सात लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ।
कपडा नियन्त्रणमा लिएपछि तस्कर समूह आक्रोशित बनेर आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ । उनीहरूले ढुंगामुढा गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुई वटा सवारी साधनमा समेत क्षति पुगेको छ । घटनापछि थप अनुसन्धान र आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ। तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार स...
नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...
दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्य...
काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा
काठमाडौँ । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएक...
म्यादी प्रहरी भर्ना सुरु, युवाको चासो बढ्यो
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सकिने गरी १ लाख ३३ हजार ९ सय ८० म्यादी प्रहरी माग गरिएको छ ।
पहिलो दिनमै फारम भर्न युवाको उल्लेख्य उ...
चुनावमा भरपर्दो सुरक्षा योजना बनाएर परिचालित हुन आईजीपीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्याल...



