रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।
संवादका क्रममा उनले आगामी दिनमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन
तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्...
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन इरानको आह्वान
काठमाडौँ । ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ । इरानले युवाहरूलाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम...
युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा पुटिनले युक्रेनले कुनै पनि उत्तेजक गतिविधि वा तनाव बढाउने कदमबाट आफूल...
हर्मुज जलघाँटीमा इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध
काठमाडौँ । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी स्ट्रेट हुँदै हुने समुद्री आवागमनबाट शुल्क असुल्ने इरानी निकायविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । तेहरानमाथिको आर्थिक नाकाबन्दी र दबाबलाई अझ कडा बनाउने उद्देश्यका...
बिहारमा भाजपा-जेडीयू गठबन्धन दुई तिहाइतर्फ अग्रसर
काठमाडौँ । २०२५ बिहार विधानसभा चुनावको मतगणना सुरु भएको छ। प्रारम्भिक रूझानले एनडीएले अग्रता लिइरहेको संकेत गर्छ । आज बिहारको सिंहासनको उत्तराधिकारी को हुने भनेर निर्धारण हुनेछ। एनडीए र महागठबन्धन दुई ध्रुवमा छन्, र नि...
अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू
काठमाण्डौँ । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ । भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले उनीहरूलाई तत्काल त्यहाँबाट बाहिरिन सुझाव दिएको हो ।
द गार्...



