बिहिबार, २५ भदौ २०८३
नेपाली

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

संवादका क्रममा उनले आगामी दिनमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी, नेपालद्वारा कृतज्ञता व्यक्त

काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको ५४ औं राष्ट्रिय दिवस ईद अल एतिहादका वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्...

राष्ट्र संघ मुख्यालयमा ड्रोन आक्रमण : ६ शान्ति सैनिकको मृत्यु

काठमाडौँ । सुडानी अधिकारीहरूका अनुसार शनिबार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ जना संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ...

धरौटी राखेर भिसा लिने यात्रुका लागि अमेरिका प्रवेशबिन्दु थप, क्यानडा हुँदै पनि जान पाइने

काठमाण्डौँ । अमेरिकी विदेश मन्त्रालयले तोकिएको धरौटी राखेर बी१–बी२  भिसा लिने नेपालसहित विभिन्न देशका नागरिकहरूका लागि अमेरिका प्रवेश गर्न र त्यहाँबाट बाहिरिन अध्यागमन बिन्दुहरू थपेर कुल नौ वटा बनाइएको जनाएको छ। तीमध्ये दुइटा क्यानडामा छन् ।<...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु

काठमाडौँ ।  पश्चिमी कोलम्बियाको पेरेरा सहरमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण केबलकार एरियल केबलकारमा फसेका १६ जना यात्रुको करिब ६ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पेरेरा नगरप्रमुखको कार्यालयद्वारा जारी वक्तव्य अनुसार सोमबार बि...

इरानमाथि अमेरिकी दबाब बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट !

काठमाण्डौँ । इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेल बजारमा गिरावट देखिएको हो । अन्तर्राष्ट्रिय...

ट्रम्पको युद्धविराम घोषणापछि पनि थाइल्याण्ड–कम्बोडियामा लडाइँ जारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्याण्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ। थाइल्याण्ड र कम्बोडियाबीचको झडप औपन...