आइतबार, ०८ कात्तिक २०८३
नेपाली

इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन

Main News Image

काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाइ उद्धृत गर्दै जनाएका छन् ।

उपराष्ट्रपति भान्सका अनुसार, अमेरिका वार्तामा सद्भावका साथ सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता देखिएको छैन । उनले इरानले आणविक हतियार विकास नगर्ने र आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता दिनुपर्ने उल्लेख गरे ।


mediabaaji add

सम्बन्धित खबर

ट्रम्पको सुरक्षा बैठक निष्कर्षविहीन : अमेरिका-इरान शान्ति सम्झौता अन्योलमा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित शान्ति सम्झौता र ६० दिने युद्धविराम थप गर्ने विषयमा ‘अन्तिम निर्णय’ लिन ह्वाइट हाउसको सिचुएसन रुममा बोलाएको उच्चस्तरीय सुरक्षा बैठक बिना कुनै निष्कर्ष टुङ्गिएको छ । राष्ट्रिय सुरक...

रूसलाई थप दबाब दिन जेलेन्स्कीको आह्वान

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्यपि आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।

राष्...

जहाजमा ड्रोन प्रहारपछि अमेरिकाले इरानमाथि गर्‍यो नयाँ हमला

काठमाडौँ । होर्मुज स्ट्रेटमा पनामाको झण्डा अंकित एक व्यापारिक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ हवाई हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले इरानभित्र रहेका विभिन्न ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरिएको पुष्टि गरेको छ ।...

इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा

काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्‍याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्ध...

इरानद्वारा दुबईको विशाल तेलभण्डार केन्द्रमा ड्रोन हमला

इरान । इरानले संयुक्त अरब इमिरेट्स यूएईको फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ । यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण आक्रमण गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने प्रयास जारी रहेको बताएका छन् । उनीहरूक...

स्ट्रेट अफ हर्मुजमा तीन तेल ट्यांकर इरानी नियन्त्रणमा, अमेरिकी प्रहारपछि तनाव थप उत्कर्षमा

तेहरान । स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकरलाई इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स आइआरजिसीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिने क्रममा तीमध्ये एउटा ट्यांकरमा विस्फोट भई आगलागी भएको इरानी पक्षले जनाएको छ ।

अम...