इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन
काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाइ उद्धृत गर्दै जनाएका छन् ।
उपराष्ट्रपति भान्सका अनुसार, अमेरिका वार्तामा सद्भावका साथ सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता देखिएको छैन । उनले इरानले आणविक हतियार विकास नगर्ने र आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता दिनुपर्ने उल्लेख गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको प्रयास
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावित नयाँ चरणको तयारीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्र...
इरानद्वारा दुबईको विशाल तेलभण्डार केन्द्रमा ड्रोन हमला
इरान । इरानले संयुक्त अरब इमिरेट्स यूएईको फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ । यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण आक्रमण गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने प्रयास जारी रहेको बताएका छन् । उनीहरूक...
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...
इरानलाई ट्रम्पको चेतावनी : मलाई नसोधी नयाँ सर्वोच्च नेता चयन नगर्नू
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो संलग्नताबिना नयाँ सर्वोच्च नेता चयन नगर्न इरानलाई चेतावनी दिएका छन् । इरानको नयाँ नेता चयनमा अमेरिकाको भूमिका आवश्यक रहेको जिकिर गर्दै आफूहरूलाई नसोधी छनोट गरिए समयको बर्बादी मात्र हुने धम्क...
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
काठमाण्डौँ । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि...
वार्ता असफल भएपछि होर्मुज सदाका लागि बन्द गरिदिने ट्रम्पको धम्की
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन् । इरानले अवरोध नहटाए अमेरिकाले नै उक्त समुद्री मार्ग बन्द गर्ने प्रक्रिया अघि बढाउने संकेत उनले दिएका हुन् ।



