आइतबार, ०८ कात्तिक २०८३
नेपाली

इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन

Main News Image

काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाइ उद्धृत गर्दै जनाएका छन् ।

उपराष्ट्रपति भान्सका अनुसार, अमेरिका वार्तामा सद्भावका साथ सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता देखिएको छैन । उनले इरानले आणविक हतियार विकास नगर्ने र आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता दिनुपर्ने उल्लेख गरे ।


mediabaaji add

सम्बन्धित खबर

मध्यपूर्व युद्धविराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट

काठमाण्डौँ । मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताए...