पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण
काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।
शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ साहित्यकार अरुणबहादुर खत्री ‘नदी’ र सम्पादक ज्ञानमणि नेपाल कालोटोपीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार २०६८ सालमा स्थापना भएको संस्थाले साहित्य, पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हालसम्म २८३ वटा पुस्तक प्रकाशन गरिसकेको छ । संस्थाले हरेक वर्ष पुस्तक प्रकाशनसँगै विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्ने परम्परालाई पनि निरन्तरता दिँदै आएको छ ।
सम्पादक ज्ञानमणि नेपाल कालोटोपी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० निवासी हुनुहुन्छ। उहाँ दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। विभिन्न सञ्चारमाध्यममा अनुभव बटुलिसक्नुभएका उहाँ हाल नेपाल पत्रकार महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्य, ८मध्यमार्ग साप्ताहिक८का सहसम्पादक तथा कालोटोपी डटकमका सञ्चालक एवं सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँका थप कृतिहरू पनि प्रकाशनको तयारीमा रहेका जनाइएको छ।
यसै अवसरमा शब्दयात्रा प्रकाशनले साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका आठ जना व्यक्तित्वलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा केदार शाक्य, राममणि दुङ्गेल, नीरा अधिकारी, विवश पोखरेल, सन्ध्या पहाडी, अरुणबहादुर खत्री ‘नदी’, पासाङ दोर्ची शेर्पा र पूर्णबहादुर कर्माचार्य रहनुभएको छ। कार्यक्रमको सञ्चालन कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो। अध्यक्ष हरि मञ्जुश्रीले संस्थाले आगामी दिनमा पनि साहित्यिक गतिविधि, पुस्तक प्रकाशन तथा स्रष्टा सम्मानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...
हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।
बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...
तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा
काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्...
बागमती साहित्य महोत्सव संस्करण दुइ चितवनमा हुने
मिडियाबाजी डटकम,काठमाडौँ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ “बागमती साहित्य महोत्सव २०८३” चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको हलमा सञ्चालन हु...
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !
काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार। •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।


