शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब, जीडीपीको ४५.५९ प्रतिशत पुग्यो !

Main News Image

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । यो कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४५.५९ प्रतिशत हो ।

गत आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । त्यसयता तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ बराबरको नयाँ ऋण प्राप्त गरेको छ । यही अवधिमा पुरानो ऋणको साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण वैदेशिक ऋण दायित्व भने १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँले घटेको कार्यालयले जनाएको छ । नयाँ ऋण प्राप्ति, साँवा भुक्तानी र विनिमय दरको प्रभाव समायोजन गर्दा असार मसान्तको तुलनामा सार्वजनिक ऋण २७ अर्ब ४१ करोड ३८ लाख रुपैयाँले बढेको देखिन्छ ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३।१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत छ । जीडीपीको अनुपातमा आन्तरिक ऋण २१.३७ प्रतिशत र वैदेशिक ऋण २४.२२ प्रतिशत रहेको छ । यसले नेपालको सार्वजनिक ऋणमा बाह्य स्रोतको हिस्सा अझै बढी रहेको देखाउँछ ।


mediabaaji add

सम्बन्धित खबर

सुनचाँदीकै मूल्यमा गिरावट, फेरि लगातार घट्न थाल्यो सुनको भाउ

काठमाण्डौँ । आज सुनचाँदीकै मूल्य घटेको छ। प्रतितोला १५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख चारसयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको सोमबारदेखि सुनको भाउ लगातार घट्दै आएको छ। मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार...

बाख्रापालनबाट उकासिएको जिवन

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुन वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन...

सहकारीको रकम फिर्ता नगरे सम्पत्ति जफत, बैंक खाता रोक्का र विदेश यात्रा प्रतिबन्ध

काठमाडौँ । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी पहिलो संशोधन विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित गर्दै सहकारी क्षेत्रमा देखिएका नीतिगत विषयहरुलाई सुधारको प्रक्...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैया...

बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

११ साउन, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, १० ग्राम सु...

साता दिनपछि घट्यो सेयर बजार, कारोबार पनि बढेन

काठमाडौँ । लगातार ६ कारोबार दिन बढेको सेयर बजार बुधबार १३.९५ अंकले घट्दै नेप्से परिसूचक २,७१२ अंकमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

आज ७७ कम्...