शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब, जीडीपीको ४५.५९ प्रतिशत पुग्यो !

Main News Image

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । यो कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४५.५९ प्रतिशत हो ।

गत आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । त्यसयता तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ बराबरको नयाँ ऋण प्राप्त गरेको छ । यही अवधिमा पुरानो ऋणको साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण वैदेशिक ऋण दायित्व भने १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँले घटेको कार्यालयले जनाएको छ । नयाँ ऋण प्राप्ति, साँवा भुक्तानी र विनिमय दरको प्रभाव समायोजन गर्दा असार मसान्तको तुलनामा सार्वजनिक ऋण २७ अर्ब ४१ करोड ३८ लाख रुपैयाँले बढेको देखिन्छ ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३।१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत छ । जीडीपीको अनुपातमा आन्तरिक ऋण २१.३७ प्रतिशत र वैदेशिक ऋण २४.२२ प्रतिशत रहेको छ । यसले नेपालको सार्वजनिक ऋणमा बाह्य स्रोतको हिस्सा अझै बढी रहेको देखाउँछ ।


mediabaaji add

सम्बन्धित खबर

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४३ हजार...

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ ३१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले जारी गरेको नयाँ विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

त्यस्त...

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५०...

सुनको मूल्य बढ्यो, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ८५ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य आज दुई लाख ४४ हजार ८५५ रुपै...

लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति ?

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसतो विदेशी मुद्राको विनिमयदर स्थिर छ । हिजो जुन मूल्यमा कारोबार भएको थिय...

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकक...