शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि

Main News Image

काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ। आज १८० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ८९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

शुक्रबार बजारमा कुल ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। दिनभरमा १ करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर किनबेच भएका छन् । त्यसैगरी आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ उपसूचक १।२८ प्रतिशतले वृद्धि भएको छ। आज १९ वटै वाणिज्य बैंकको शेयरमूल्यमा वृद्धि आएको देखिएको  छ ।

mediabaaji add

सम्बन्धित खबर

सरकारको राहत प्याकेजः रसुवा बाढी पीडित बीमितले ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी पाउने

काठमाडौँ । सरकारले रसुवा बाढी प्रभावित बीमितलाई बीमा दाबीको प्रारम्भिक मूल्याङ्कनका आधारमा अग्रिम भुक्तानी उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘रसुवा बाढी पुनरुत्थान प्याकेज’ मार्फत यस्तो व्यवस्था गरिएको हो ।