नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ। आज १८० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ८९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
शुक्रबार बजारमा कुल ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। दिनभरमा १ करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर किनबेच भएका छन् । त्यसैगरी आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ उपसूचक १।२८ प्रतिशतले वृद्धि भएको छ। आज १९ वटै वाणिज्य बैंकको शेयरमूल्यमा वृद्धि आएको देखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सेयर बजारमा भारी गिरावट, ९ अर्बमा झर्यो कारोबार
काठमाडौँ । बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ, जुन १.१८ प्रतिशतको कमी हो । आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ...
दसैँ–तिहारका लागि २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति
काठमाडौँ । सरकारले दसैँ–तिहारलाई लक्षित गर्दै २५ हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै संस्थानलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात...



