जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । उनी भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। उक्त दिन आन्दोलनकर्मीहरूले महाराजगन्ज प्रहरी वृत्तमा आक्रमण गरी प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या गरेका थिए। साथै, प्रहरी कार्यालयमा आगजनीसमेत गरिएको थियो ।
यसअघि पनि प्रहरीले यस घटनामा जोडिएका अभियुक्तहरू युवराज क्यापछाकी र सोनाम तामाङ ९बुद्धिलाल ठिङ० लाई सोही पक्राउ गरिसकेको छ।
यस्तै, सोही आन्दोलनको क्रममा कोटेश्वरमा प्रहरी जवान अमृत गुरुङको पनि हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बेपत्ता पुष्पाको शव नदि किनारमा फेला
सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १३६, सिसिटिभिमार्...



