प्रमुख आयुक्त राईलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन बीआई अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो ।
बीआईले पाठकको फोटोसहित विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला अदालत, काठमाडौँले १ डिसेम्बर २०२५ मा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । सो विवरण बीआईसम्म पुगेको जनाइएको छ । पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको आरोपमा इन्टरपोलमा पनि डिफ्युजन नोटिस जारी गरिएको थियो ।
‘फिलिपिन्सको अध्यागमनले प्राप्त गरेको आधिकारिक सूचना अनुसार उनले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए,’ अध्यागमनको वेबसाइटमा भनिएको छ, ‘उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग पनि जोडिएको पाइएको छ ।’
फिलिपिन्सको अध्यागमन रेकर्ड अनुसार पाठक १८ अगस्ट २०२५ मा त्यहाँ पुगेका थिए । उनलाई १८ डिसेम्बरसम्म बसोबासको अनुमति थियो । डिपोर्ट प्रक्रिया पूरा नभएसम्म उनलाई अध्यागमनको हिरासतमा राखिने बताइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
यी हुन् एसएसपीमा बढुवा सिफारिस हुने १० एसपी
काठमाण्डौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको गृह मन्त्रालयको बढुवा समिति सचिवालय बैठकले १० जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने...
वीरगञ्जमा हिन्दू मुस्लिम जुधाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने प्रयास
काठमाडौँ । वीरगञ्जमा धार्मिक सद्भाव भड्काउन खोज्ने ३ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा तीनजनालाई नियन्त्रणमा लि...
दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्य...
वेदिका केसी पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार...
मधेस प्रहरीका घुमुवा तानिए छानबिनमा, तस्करीसँग जोडिएको आरोप
वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी मातहत कार्यरत ३१ जना घुमुवा प्रहरीलाई छानबिनका लागि तानेको छ । प्रधान कार्यालय, प्रशासन शाखाको पत्रपछि उनीहरूलाई केन्द्रमा बोलाइएको हो । स्रोतका अनुसार सीमा नाकामा हुने अवैध ओसारपसार व्यवस्थापन...
काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै
काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत के...



