शनिबार, १४ कात्तिक २०८३
नेपाली

प्रमुख आयुक्त राईलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ

Main News Image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन बीआई अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो ।

बीआईले पाठकको फोटोसहित विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला अदालत, काठमाडौँले १ डिसेम्बर २०२५ मा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । सो विवरण बीआईसम्म पुगेको जनाइएको छ । पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको आरोपमा इन्टरपोलमा पनि डिफ्युजन नोटिस जारी गरिएको थियो ।

‘फिलिपिन्सको अध्यागमनले प्राप्त गरेको आधिकारिक सूचना अनुसार उनले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए,’ अध्यागमनको वेबसाइटमा भनिएको छ, ‘उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग पनि जोडिएको पाइएको छ ।’

फिलिपिन्सको अध्यागमन रेकर्ड अनुसार पाठक १८ अगस्ट २०२५ मा त्यहाँ पुगेका थिए । उनलाई १८ डिसेम्बरसम्म बसोबासको अनुमति थियो । डिपोर्ट प्रक्रिया पूरा नभएसम्म उनलाई अध्यागमनको हिरासतमा राखिने बताइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा

काठमाण्डौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ट्रक चालक ४ जना, सार्वजानिक यात्रुवाह...

काठमाडौँ विमानस्थलमा ३१ लाख रुपैयाँसहित दुई बंगलादेशी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार दिउँस...

रास्वपाको सदस्यता देखाएर गहुँ र चिनीको तस्करी गर्ने विकास लुनिया को हुन् ?

काठमाडौँ । एक खाद्यान्न व्यपारीले रास्वपाको सदस्य हुँ भन्दै खाद्यान्नको अबैध कारोबारमा संलग्न रहेको पाइएको छ । भन्सार बाहिरबाट वस्तु ल्याएर बिक्री गर्न पल्किएका ती व्यापारी ‘सिजनल’ रुप धारणा गरी ‘सिजनल’ तस्करीमा लागेका हुन् । बिराटनगरलाई आधार बनाए...

२४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र सडक अनुशासन पालना नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न स्थानमा...

गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा र पदस्थापन

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षक डीआईजीको सरुवा र अन्य ७ जना नयाँ डीआईजीको पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयअनुसार नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी मुख्...

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको...