भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा छापा, जुवा खेल्ने पाँच नेपालीसहित ६ जना पक्राउ
काठमाडौँ । रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङको विशेष टोलीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भुपेन्द्र बहादुर खत्रीको निर्देशनमा सोही कार्यालयको विशेष टोलीले क्यासिनोमा छापा मारेर पाँच जना जुवाडे र उक्त क्यासिनोका पिट म्यानेजरलाई पक्राउ गरेर स्थानीय जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।
पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएका पिट म्यानेजर भारतीय नागरिक पारस भाटिया हुन् । २५ वर्षीय भाटियाको स्थायी ठेगाना भारतको हरियाणा प्रदेशको फरिदावाद हो । यसैगरी जुवा खेलिरहेको अवस्थामा फक्राउ परेका नेपालीहरूमा म्याग्दी, बेनी नगरपालिका–७, बेनी बजारका ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी र सोही उपमहानगरपालिका–१७ बिरौटामा ३९ वर्षीय सुदीप आचार्य छन् ।
यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ र सोही उपमहानगरपालिका–३ सीमानगरका ३६ वर्षीय चन्द्र प्रसाद श्रेष्ठलाई पनि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...



