शनिबार, १४ कात्तिक २०८३
नेपाली

राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखियो : रवीन्द्र मिश्र

Main News Image

काठमाडौँ । राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले हालै देशमा घटेका विभिन्न घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखाएको बताएका छन्।  शुक्रबार केही पत्रकार पक्राउ परेर रिहा भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो कुरा बताएका हुन् ।

पछिल्ला शृङ्खलाबद्ध घटनाले लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको उनको निष्कर्ष छ । नेता मिश्रले कतिपय सत्ताधारी नेताहरूले सार्वजनिक रूपमा मिडियामा दिने गरेका अभिव्यक्तिहरूबाटै उनीहरूको वास्तविक मनसाय प्रस्ट भएको समेत बताएका छन् । उनले भनेका छन्– ‘पछिल्ला समयमा जे भइरहेका छन्, ती सत्ता कब्जाका सङ्केत हुन्। सत्ता कब्जा हुनु भनेको आज ताली पिट्नेहरू पनि रुने दिन आउनु हो।’

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रपतिद्वारा ‘नेपाल विशेष सेवा’ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मंसिर ५ मा उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रद...

अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब...

झापाको चुनावी सुरक्षामा नौ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । हेभिवेट उम्मेदवारको भिडन्तले इलेक्सन इपिसेन्टर झापामा चुनावी सुरक्षा कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहित नौ हजार सुरक्षाकर्मी परिचालन गरे...

नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्र...

नेपाल–रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

काठमाडौँ । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा बस्दैछ । कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा दुई देशबीचको सम्बन्धका विविध आयाममा छलफल हुनेछ ।

बैठकमा नेपाली प्रतिनिधिमण्...

प्रचण्ड, रवि र बालेनलाई कारवाही गर्नुपर्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने...