राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखियो : रवीन्द्र मिश्र
काठमाडौँ । राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले हालै देशमा घटेका विभिन्न घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखाएको बताएका छन्। शुक्रबार केही पत्रकार पक्राउ परेर रिहा भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो कुरा बताएका हुन् ।
पछिल्ला शृङ्खलाबद्ध घटनाले लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको उनको निष्कर्ष छ । नेता मिश्रले कतिपय सत्ताधारी नेताहरूले सार्वजनिक रूपमा मिडियामा दिने गरेका अभिव्यक्तिहरूबाटै उनीहरूको वास्तविक मनसाय प्रस्ट भएको समेत बताएका छन् । उनले भनेका छन्– ‘पछिल्ला समयमा जे भइरहेका छन्, ती सत्ता कब्जाका सङ्केत हुन्। सत्ता कब्जा हुनु भनेको आज ताली पिट्नेहरू पनि रुने दिन आउनु हो।’
एक्सप्रेस
सम्बन्धित खबर
बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित, ८ सदस्यीय सचिवालय गठनसहित ११ निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बुधबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको हो ।
बैठ...
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् ।
आठ दलीय वाम एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी, चुनाव चिन्ह पाँचकुने तारा
काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पा...
देश अहिले अध्यारो सुरुङतर्फ धकेलियो : राजेन्द्र लिङदेन
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश लिकबाट बाहिर गएको बताएका छन् । नेपाली काँग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश अहिले अध्यारो सुरुङतर्फ धकेलिएको भन्दै देशमा संकट बढेको र देश लिकबाट बाहिर गएको बताएका हुन्। उनले...
कोप-३१ मा नेपालको तयारी तीव्र : मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र प्रतिनिधिसभाका सभामुख डीपी अर्यालबीच आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तल्यामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-३१ मा नेपालको प्रभावकारी सहभागिता, जलवायु वित्त र राष्ट्...



