बुधबार, ११ कात्तिक २०८३
नेपाली

इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

Main News Image

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छिट्टै रोक्दै क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका छन्।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले उपलब्ध गराएको समर्थन तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

नेपालसहित ५० देशका नागरिकले अमेरिकी भिसाका लागि ३० लाखसम्म धरौटी राख्नुपर्ने

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकले अमेरिकी बी–१ व्यवसायिक र बी–२ पर्यटक भिसाका लागि आवेदन दिँ...

जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत

काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको...

इरानबाट अमेरिकी नागरिक रिहा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि रोकिराखेकी एक अमेरिकी नागरिकलाई रिहा गरी देश छोड्न अनुमति दिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार ती महिला अहिले सुरक्षित रूपमा इरानबाहिर पुगेकी छन् र स्वास्थ्य अवस्था पनि...

भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्र...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु

काठमाडौँ ।  पश्चिमी कोलम्बियाको पेरेरा सहरमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण केबलकार एरियल केबलकारमा फसेका १६ जना यात्रुको करिब ६ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पेरेरा नगरप्रमुखको कार्यालयद्वारा जारी वक्तव्य अनुसार सोमबार बि...

ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाए

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भएको बताइएको छ । भारतीय मिडियाका अनुसार ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीका कारण धेरैको ज्यान ग...