इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छिट्टै रोक्दै क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका छन्।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले उपलब्ध गराएको समर्थन तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
ओमानमा इरान र अमेरिकाबीच गोप्य आणविक वार्ता, ट्रम्पका ज्वाइँ सहभागी हुने
काठमाडौँ । इरानले आगामी शुक्रबार ओमानको मस्कटमा अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्ने तयारी गरेको छ । इरानी सञ्चारमाध्यम तस्निमका अनुसार यो वार्ता मुख्य गरी आणविक मुद्दा र इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने विषयमा मात्र केन्द्रित रहनेछ...
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् । मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढ...
खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी
काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ल...
ट्रम्पको कर लगाउने धम्कीपछि चीनले दियो यस्तो जवाफ
काठमाडौँ । चीनले इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई आधारहीन र दुर्भावनापूर्ण भन्दै अस्वीकार गरेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टहरूका बीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको दाबी पुनः दोहोर्य...
बंगलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना
काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बंगलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मंगलबार साँझ भएको भेटम...
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो
काठमाडौँ । बंगलादेशमा लोकप्रिय विद्यार्थी नेता सरिफ ओस्मान हादीको निधनपछि देशभर प्रदर्शन चर्किएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि शुक्रबार ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैन्य दस्ता परिचालन गरिएको छ । बिहीबार राति देशका विभिन्न स्था...



