शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

इरान तनावबीच ट्रम्प प्रशासनद्वारा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त

Main News Image

काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा इरानसँगको बढ्दो तनाव र आन्तरिक राजनीतिक दबाबका बीच व्यापक हलचल देखिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले प्रशासनभित्र ‘सफाइ’ अभियान तीव्र बनाएका छन् । इरानसँगको तनाव चर्किंदै जाँदा ट्रम्पले आफ्नै विश्वासपात्र उच्च अधिकारीहरूलाई समेत पदमुक्त गर्न थालेका छन्। द एटलान्टिकका अनुसार अबको निशानामा काश पटेल र तुलसी गबार्ड पर्न सक्ने संकेत गरिएको छ ।

रक्षा मन्त्री पीट हेगसेथले र्‍यान्डी जर्जलाई अनिवार्य अवकाश लिन निर्देशन दिएका छन् । उनको स्थानमा क्रिस्टोफर ला नेभले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसैगरी, महान्याधीवक्ता प्याम बन्डीलाई पनि पदबाट हटाइएको जनाइएको छ । ‘एपस्टाइन फाइल्स’ सम्बन्धी मुद्दा प्रभावकारी रूपमा अगाडि नबढाएको र महत्त्वपूर्ण तथ्य सार्वजनिक नगरेको आरोप उनीमाथि लगाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी ६ जनाको मृत्यु भएको छ । आफ्नी तीन महिने छोरीको संरक्षणको विषयलाई लिएर भएको विवादका कारण एक बन्दुकधारीले उक्त विभत्स हत्याकाण...

नेतन्याहूलाई जीवित नछोड्ने इरानको धम्की

काठमाडौँ । इरानको रिभोलुसनरी गार्डसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधीको आरोप लगाउँदै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा चेतावनी दिएको हो। <...

माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘

काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भा...

कोलम्बियामा शक्तिशाली भूकम्पमा मृतकको संख्या २४० नाघ्न सक्ने, उद्धारकार्य जारी

काठमाण्डौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि खोज तथा उद्धार कार्य अझै जारी छ । भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्मीहरू दिनरात परिचालन भइरहेका छन् ।

गत सोमबार बिहान ७ः३४ बजे पश्चिमी कोलम्बियाम...

खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी

काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ल...

भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर

काठमाण्डौँ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँप...