हर्मज जलमार्गमा रोकिएका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रीडम’ घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मज जलमार्गमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सोमबार बिहानदेखि विशेष अभियान सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय पहल’ का रूपमा व्याख्या गरेका हुन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले मध्यपूर्वको विवादमा संलग्न नभएका विभिन्न मुलुकहरूले आफ्ना जहाज र चालक दलका सदस्यहरूको सुरक्षाका लागि अमेरिकासँग सहयोग मागेको बताएका छन् ।
उनले भनेका छन्, “धेरैजसो जहाजहरूमा खाद्य सामग्री र आधारभूत आवश्यकताको अभाव हुन थालेको छ। इरान, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाको हितलाई ध्यानमा राख्दै हामी ती जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न मार्गदर्शन गर्नेछौँ।” उनले यस प्रक्रियामा कुनै पनि प्रकारको अवरोध सिर्जना गरिए त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी समेत दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानद्वारा दुबईको विशाल तेलभण्डार केन्द्रमा ड्रोन हमला
इरान । इरानले संयुक्त अरब इमिरेट्स यूएईको फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ । यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण आक्रमण गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने प्रयास जारी रहेको बताएका छन् । उनीहरूक...
बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते
एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...
माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘
काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भा...
ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरि...
इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छ...
इरान तनावबीच ट्रम्प प्रशासनद्वारा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त
काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा इरानसँगको बढ्दो तनाव र आन्तरिक राजनीतिक दबाबका बीच व्यापक हलचल देखिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले प्रशासनभित्र ‘सफाइ’ अभियान तीव्र बनाएका छन् । इरानसँगको तनाव चर्किंदै जाँदा ट...



