इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण
काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्ताको उक्त लडाकु विमान इरानमाथिको मिसनमा रहेको बेला समस्या उत्पन्न भएको थियो । त्यसपछि यसलाई मध्यपूर्वस्थित अमेरिकी एयरबेसमा आपतकालीन रूपमा अवतरण गराइएको हो ।
उनले विमान सुरक्षित रूपमा अवतरण भएको र घटनाबारे अनुसन्धान जारी रहेको बताए । पाइलटको अवस्था स्थिर रहेको पनि उनले जानकारी दिए ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धयता इरानले अमेरिकी विमानलाई निशाना बनाएको र एफ–३५ लाई आपतकालीन अवतरण गराउनुपरेको यो पहिलो घटना हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौँ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि...
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् । मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढ...
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएक...
इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धलाई लिएर फेरि एकपटक ठूलो दाबी गरेका छन् । ‘ट्रुथ सोसल’ मा एउटा पोस्ट गर्दै उनले इरान विरुद्धको युद्ध चाँडै अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन् । तर अर्कोतर्फ, अमेरिकाले इरानमा स्...
शेख हसिनालाई मृत्युदण्डको सजाय
काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आइसीटीले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको गम्भीर अपराधको दोषी ठहर गरेको छ । तीन न्यायाधीशको न्यायाधिकरणले यस मुद्दामा शेख हसिनालाई मृत...
पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु
काठमाण्डौँ । पोल्यान्डमा झापाका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको निधन भएको १ हप्तामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । कास्कीको मादी ११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार १६ जनवरीमा मृत्यु भएको हो...



