सोमबार, ०९ कात्तिक २०८३
नेपाली

इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण

Main News Image

काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्ताको उक्त लडाकु विमान इरानमाथिको मिसनमा रहेको बेला समस्या उत्पन्न भएको थियो । त्यसपछि यसलाई मध्यपूर्वस्थित अमेरिकी एयरबेसमा आपतकालीन रूपमा अवतरण गराइएको हो ।

उनले विमान सुरक्षित रूपमा अवतरण भएको र घटनाबारे अनुसन्धान जारी रहेको बताए । पाइलटको अवस्था स्थिर रहेको पनि उनले जानकारी दिए ।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धयता इरानले अमेरिकी विमानलाई निशाना बनाएको र एफ–३५ लाई आपतकालीन अवतरण गराउनुपरेको यो पहिलो घटना हो ।


mediabaaji add

सम्बन्धित खबर

ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाए

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भएको बताइएको छ । भारतीय मिडियाका अनुसार ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीका कारण धेरैको ज्यान ग...