इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण
काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्ताको उक्त लडाकु विमान इरानमाथिको मिसनमा रहेको बेला समस्या उत्पन्न भएको थियो । त्यसपछि यसलाई मध्यपूर्वस्थित अमेरिकी एयरबेसमा आपतकालीन रूपमा अवतरण गराइएको हो ।
उनले विमान सुरक्षित रूपमा अवतरण भएको र घटनाबारे अनुसन्धान जारी रहेको बताए । पाइलटको अवस्था स्थिर रहेको पनि उनले जानकारी दिए ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धयता इरानले अमेरिकी विमानलाई निशाना बनाएको र एफ–३५ लाई आपतकालीन अवतरण गराउनुपरेको यो पहिलो घटना हो ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिका र इरानबीच पुनः वार्ताको तयारी
काठमाण्डौँ । अमेरिका र इरानबीचको तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता पुनः सुरु हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई दिनभित्रै पाकिस्तानमा वार्ता हुन सक्ने संकेत दिएपछि विश्व...
एकचालीस देशहरूबाट तेल र ग्यास आयात भइरहेको हर्मुजको जलमार्ग अवरुद्ध गर्नु स्वीकार्य छैन : मोदी
काठमाण्डौँ । पश्चिम एसियामा युद्धको अवस्थाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो सार्वजनिक बयान दिएका छन् । लोकसभामा २५ मिनेटको भाषणमा उनले भने कि तनाव समाप्त हुनुपर्छ। समस्याको एक मात्र समाधान वार्ता हो ।
प्रधानमन्त्रील...
लेबनानसँगको तनाव अन्त्यका लागि नेतान्याहूले दिए वार्ताको निर्देशन
काठमाण्डौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग जारी द्वन्द्व र सीमा विवाद सुल्झाउनका लागि वार्ता अगाडि बढाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । पछिल्लो समय लेबनानको सशस्त्र समूह हिजबुल्लाह र इजरायली सेनाबीच बढ्दै गएको स...
सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन
काठमाडौँ। अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार पाँच सय ९८ जनामा गर...
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन इरानको आह्वान
काठमाडौँ । ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ । इरानले युवाहरूलाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम...
पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु
काठमाडौँ । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।
सर्वसाधारणको...



