अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका लागि रणनीति बनाउन व्यस्त रहेको अमेरिकी समाचार पोर्टल एक्जिओसले जनाएका छन् ।
तीन हप्ताको युद्धपछि ट्रम्प प्रशासनले अर्को चरणका लागि प्रारम्भिक छलफल सुरु गरेको छ। यस बारेमा अमेरिकी अधिकारी र स्रोतहरूको भनाइलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । इरानसँगको शान्ति वार्ता कस्तो स्वरूपमा हुन सक्छ भन्ने विषयमा पनि विचारविमर्श भइरहेको छ । एक्जिओसका स्रोतहरूका अनुसार, ट्रम्पका दूत जेरेड कुश्नर र स्टिभ विटकफ सम्भावित कूटनीतिका बारेमा छलफलमा सहभागी छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो
काठमाडौँ । बंगलादेशमा लोकप्रिय विद्यार्थी नेता सरिफ ओस्मान हादीको निधनपछि देशभर प्रदर्शन चर्किएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि शुक्रबार ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैन्य दस्ता परिचालन गरिएको छ । बिहीबार राति देशका विभिन्न स्था...
इरानद्वारा दुबईको विशाल तेलभण्डार केन्द्रमा ड्रोन हमला
इरान । इरानले संयुक्त अरब इमिरेट्स यूएईको फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ । यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण आक्रमण गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने प्रयास जारी रहेको बताएका छन् । उनीहरूक...
जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भूकम्प, मृतकको संख्या १३ पुग्यो
काठमाण्डौँ । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी...
इरानद्वारा ४८ घण्टे युद्धविराम प्रस्ताव अस्वीकार
काठमाडौँ । इरानले अमेरिकाबाट आएको ४८ घण्टे युद्धविराम सीजफायर प्रस्ताव अस्वीकार गरेको छ । अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार उक्त प्रस्ताव बुधबार तेस्रो देशमार्फत तेहरान पठाइएको थियो। तर इरानले त्यसलाई स्वीकार नगरेको जनाइएको छ । यसैबीच, इरान...
कुवेत आक्रमणमा नेपालीको निधन, परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल र संयमताका लागि आह्वान
काठमाडौँ । उत्तरपूर्वी कुवेतको सिमाना नजिक इरानद्वारा सञ्चालित ड्रोन आक्रमणका क्रममा एक निर्दोष नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरेको छ ।
सर्वसाधारण नागर...
अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्णरूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन । ह्वाइट हाउसमा राष्ट्रि...



