आर्थिक खबर
शेयर बजारमा सामान्य सुधार, किन उतार चढाब हुँदैछ ?
काठमाडौँ । लगातार चौथो दिनको गिरावटमा ब्रेक लागेको छ । बजारमा आज सामान्य सुधार आएको हो । बजार आज झिनो अकंले बढेपनि लगानीकर्तामा उत्साहको वातावरण छैन । बजार सुस्त हुँदा लगानीकर्ताले आफ्नो लगानी ‘बालुवामा पानीझैँ’ हराइरहेको अनुभूति गर्न थालेका छन् ।
धितोपत्र बोर्ड सेबोन हाल नेतृत्वविहीन अवस्थामा रहनु पनि बजारको मनोबल घटाउने प्रमुख कारणका रूपमा हेरिएको छ । नयाँ नेतृत्वको नियुक्ति र संस्थागत सुधार प्रक्रिया ढिलाइ हुँदा नीतिगत स्पष्टताको अभाव देखिएको छ। लगानीकर्ताहरूले आगामी नेतृत्वले बजार सुधारका लागि कस्तो भूमिका खेल्छ भन्ने विषयमा ‘पर्ख र हेर’ को अवस्थामा रहँदा तत्काल सकारात्मक वातावरण बन्न नसकेको विश्लेषण गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरे पनि त्यसको प्रभाव शेयर बजारमा अपेक्षित रूपमा देखिएको छैन। अधिकांश संस्थाको वित्तीय अवस्था सन्तोषजनक देखिए पनि त्यसले बजारमा विश्वास पुनःस्थापित गर्न सकेको छैन। सकारात्मक सूचकांकहरू हुँदाहुँदै पनि बजारले अपेक्षित प्रतिक्रिया नदिँदा लगानीकर्तामा थप अन्योल सिर्जना भएको छ।
ताजा समाचार
समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न अल्टिमेटम
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि नतिर्ने ऋणीहरूलाई तत्काल बक्यौता बुझाउन...
साउनदेखि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग व्यावसायिक रूपमा सञ्चालन हुने
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा रहेको नागढुंगा सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक...
सुनको मूल्यमा भारी गिरावट : एकैदिन ३८ सयले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८...
अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?
काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिद...
राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उच्च सुधार
काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको हो । कारोबार रकम...
डलर र युरोको भाउमा फेरबदल, यस्तो छ राष्ट्र बैंकको नयाँ दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी ड...


