मङ्गलबार, ०६ असोज २०८३
नेपाली

आर्थिक खबर

Main News Image

वैशाख महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेका नयाँ ब्याजदरहरूले निक्षेपमा हल्का गिरावटको संकेत दिएका छन् । चैतको तुलनामा वैशाखमा व्यक्तिगत र संस्थागत दुवै निक्षेपको औसत ब्याजदर घटेको देखिएको हो । तथ्यांकअनुसार, चैतमा ४.४९ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको औसत ब्याजदर वैशाखमा झरेर ४.४० प्रतिशतमा पुगेको छ। संस्थागत निक्षेपतर्फ पनि ३.२९ प्रतिशतबाट घटेर ३.२३ प्रतिशतमा सीमित भएको छ ।

बैंकगत अवस्थालाई हेर्दा केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले यथास्थितिमा कायम राखेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल र एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपमा क्रमशः ०.३५ र ०.२० प्रतिशतले कमी गरेका छन् । हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०।२५ प्रतिशतले ब्याजदर घटाएको छ । नबिल बैंकमा संस्थागत निक्षेपदर ०.५४ प्रतिशतले घट्दा एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशतले कटौती गरेका छन् । सिद्धार्थ बैंकले भने दुवै खालका निक्षेपदरमा समान ०.२५ प्रतिशतले गिरावट ल्याएको छ ।


सामान्य अंकले घटेर बन्द भयो सेयर बजार, ४ वटामा ‘पोजेटिभ सर्किट’

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झरेको हो । यद्यपि २ करोड...

सडकपेटीमा व्यापार नगर्न निर्देशन

काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय नगर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५...

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निष्कासन गर्ने

काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर आइपिओ निष्कासन गर्ने भएको छ ।  कम्पनीको आज सम्पन्न पहि...

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य  गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार...

विद्युत पोल नहट्दा पोखरा-मुग्लिन सडक विस्तार प्रभावित

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्...

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितो...