आर्थिक खबर
अब नागढुंगा सुरुङमार्ग सञ्चालन हुने
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको संघारमा पुगेको छ । धादिङ र काठमाडौंबीचको यात्रा सहज र छिटो बनाउने लक्ष्यसहित निर्माण गरिएको यो परियोजनाले देशको यातायात पूर्वाधारमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।
२०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यस आयोजनाको प्रारम्भिक लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर निर्माणका क्रममा देखिएका भूगर्भीय जटिलता, डिजाइन हेरफेर तथा अन्य प्राविधिक कारणले लागत बढेर २७ अर्ब रुपैयाँ नाघेको छ ।
जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी कम्पनी हाजमा–आन्दो जेभीले निर्माणको जिम्मा लिएको थियो । सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न चुनौतीका कारण समय लम्बिँदै अन्ततः २०८२ सालमा निर्माण कार्य सकिएको हो । हाल धादिङतर्फ पहिरो नियन्त्रण र टोल प्लाजा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
ताजा समाचार
निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग
काठमाडौँ । निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा, निर्माण सामग्रीको मूल्य अत्य...
शिक्षा मन्त्रालयले भन्यो : जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकी एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय कानुन...
आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित...
आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
काठमाडौँ । एसियाली विकास बैंक एडिबीले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीद्...
बागमतीमा सार्वजनिक गाडी भाडा बढ्यो : न्यूनतम भाडा २४ रुपैयाँ
काठमाण्डौँ । बागमती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा यातायात...
शनिबार कुन विदेशी विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैस...


