आइतबार, २८ असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति

हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ। हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत छलफल पछि शहरी विकास तथा पूर्वाधार मन्त्री कुलमान घिसिङले दिएको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौंडाले सडक सीमा खाली गराउने सूचना जारी गर्ने अन्तिम तयारी पूरा गरेको छ।

छलफलमा सहभागी प्रतिनिधिहरूले दशकौँदेखि थन्किएको सडक विस्तार, अव्यवस्थित संरचना र त्यसका कारण स्थानीयले भोग्दै आएका कठिनाइबारे विस्तृतरूपमा चिन्ता व्यक्त गरेका थिए। बैठकमा मन्त्री घिसिङले हेटौंडाको मुख्य व्यापारिक मार्गलाई दीर्घकालीन रूपमा स्तरीय, सुरक्षित र व्यवस्थित बनाउने योजनासह तत्कालीन चरणमा सडक सीमा खाली गराउने सूचना सार्वजनिक गर्नु अपरिहार्य भएको बताए।

‘हेटौंडाको सडक विस्तार अब कुनै बहानामा रोकिँदैन, बजेटको अभाव हुनुहुन्न,’ मन्त्री घिसिङले भनेपछि सडक डिभिजन कार्यालयले तयारी अवस्थामा राखिएको सूचना जारी गर्ने प्रक्रियालाई तीव्रता दिएको हो।

कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी झिलझिलेका इन्स्पेक्टर सुभाष केसी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष...

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द

कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर...

कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा...

सरकारले सात लाख विद्युतीय राहदानी खरिद गर्ने

काठमाडौँ । सरकारले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ ।...

जेन-जी आन्दोलनका घाइते र युवाहरुको माइतीघरमा धर्ना

काठमाडौँ । जेनजी आन्दोलनका घाइते तथा युवाहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । जेनजी आन्दोलनका घाइतेहरुको जायज...

नारायणघाटबाट बुटवल जाँदै गरेको बस मध्यविन्दुमा दुर्घटना, २० जना घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते...