आइतबार, २८ असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यसवर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ । बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो ।

यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उनले बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गरे। बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उनका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ।

पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय पनि भएको सदस्यसचिव जोशीले बताए। पशुपतिनाथको मूल मन्दिर परिसरभित्र भक्तजनको घुइँचो हुने भएकाले कुनै पनि किसिमका निःशुल्क सामग्री वितरण गर्नेलाई स्थान दिइने छैन।

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोट...

कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त

काठमाडौँ । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन...

काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ ।  देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ । यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल...

त्रिविका विद्यार्थीले आईपीएलमा मागे ५० प्रतिशत सहुलियत

काठमाडौँ । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलका लागि विद्यार्थी संगठनहरूले ५० प्रतिशत सहुतिलयत मागेका...

प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अ...

सुन्तलीको बिलौना: मानसिक रुपमा विक्षिप्त श्रीमान्लाई हेरौँ कि छोरीको उपचार गरौँ...

काठमाडौँ । कलाकार कुञ्जना घिमिरे सुन्तलीले आफ्नो पारिवारिक पीडा सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने योजनाका...