सूचना-प्रविधि
कोशीमा बढ्यो बहाव, खोलिए २० ढोका
सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए । पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यरेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरुप रातो झण्डा फहराइएको कोशी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।
ताजा समाचार
निरन्तरको वर्षा र पहिरोले मुग्लिन-नारायणगढ सडक ठप्प, यात्रा नगर्न प्रशासनको आग्र...
चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले ब...
दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा आइतबार राति गएको पहिरोमा परी ४ महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छ...
बाढी र पहिरोले देशभरिको जनजीवन प्रभावित : जाजरकोट र दोलखामा दुई जनाको मृत्यु
काठमाडौँ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । पहाडी भेगमा पहिरोका कारण सडक अवरुद्ध हुनुका...
आज कोशी, बागमती र गण्डकी प्रदेशमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ ।
...
देशभर मनसुनी वायूको प्रभाव, सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जसको कारण देशभर अधिकांश बादल ल...
पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । हाल मुलुकभर मनसुनी वायुको आंशिक प्रभाव रहँदा अधिकांश भूभागमा साधारणतया बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून च...


