राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्ज र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन कर्मचारीहरूले सेवाग्राहीको नागरिकतामा उल्लेखित जन्ममितिभन्दा फरक मिति राखी राहदानी जारी गराएको र सो बापत गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको भन्दै आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो ।
आयोगको अनुसन्धान अनुसार कर्मचारीहरूको मिलेमतोमा राहदानी वाहकहरूको उमेर १ देखि ८ वर्षसम्म घटाउने वा बढाउने कार्य भएको पाइएको छ ।
जसमा विनोद कुँवरको ५ वर्ष, गोविन्द प्रसाद ढुङ्गेलको ५ वर्ष र बलराम महतोको ८ वर्ष उमेर घटाएर तथा सिमान्त विश्वकर्माको २ वर्ष उमेर बढाएर राहदानी जारी गरिएको पाइएको छ । यस्तो कार्य ईपासपोर्ट जारी गर्दा र सन् २०१३ मा हस्तलिखित पासपोर्ट जारी गर्दा समेत भएको पाइएको छ ।
मुद्दा दायर गरिएका मुख्य प्रतिवादीहरूमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत चुडामणी आपगाईँ, नायब सुब्बा रविन कुमार राजवंशी, कम्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहाल रहेका छन् । यसैगरी, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतहरू लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजाललाई पनि प्रतिवादी बनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ११ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १११, सिसिटि...
हजुरआमाको हत्या गरेर सुनका गहना लुट्ने नाती पक्राउ
कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २...
मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते
काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...
पैदलयात्री बृद्धालाई मुक्का हान्ने बम ७ दिनसम्म हिरासतमै
काठमाडौँ । पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । मुक्का प्रहारको भिडियो भाइरल भएपछि मंगलबार पक्राउ परेका ४२ वर्षीय पारस बमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय क...
व्यवसायी शंकरलाल अग्रवाल सीआईबीद्वारा पक्राउ
काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको हो । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
अदालतमा हाजि...
सशस्त्र प्रहरीका दुई डीआइजी प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप
काठमाडौँ । सशस्त्र प्रहरी बलमा दुई डीआइजीको पदावधि थप भएको छ। प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप भएको हो । उनीहरुको पदावधि थप भएसँगै सिंस १ का सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापाको बढुवामा अंकुश लाग्ने संभाव...



