आइतबार, १५ कात्तिक २०८३
नेपाली

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

Main News Image

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ।टी।पी लिइ खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना मार्फत जानकारी दिएको हो ।

नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, जिल्ला प्रहरी परिसर, काठमाडौं ९८५१२८३०१२ र बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

चारित्रिक प्रमाणपत्रमै कानुन उल्लंघनको विवरण उल्लेख हुने

काठमाडौँ । अबदेखि कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा व...

पासपोर्ट छपाइ भ्रष्टाचारमा महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ । पासपोर्ट खरिदसम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । राहदानी छपाइ अनियमितताको अनुसन्धानका लागि अख्तियारले अर्याललाई पक्राउ गरेक...