साँगे सभ्यता संरक्षण तथा विकास अभियानको चितवन नवलपुर क्षेत्रीय समिति गठन
चितवन, कात्तिक २२ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा आज गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा चितवन–नवलपुर क्षेत्रीय संगठन विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा साँगे खोलाको पानी ढोलो क्षेत्रका मूल वंशज, हाल चितवन–नवलपुर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरू, विवाहित छोरी–चेली र स्थानीय समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले अभियानका गतिविधि, उद्देश्य र संगठन विस्तारका आगामी योजनाबारे गहन छलफल गरेका थिए।
सो अवसरमा रवि भण्डारीको संयोजकत्वमा ११ सदस्यीय साँगे सभ्यता संरक्षण तथा विकास अभियान चितवन–नवलपुर कार्यसमिति गठन गरिएको छ। नवगठित समितिमा सह–संयोजक लक्ष्मी न्यौपाने, सचिव जीवन वाग्ले, कोषाध्यक्ष केशव राज काफ्ले रहेका छन। सदस्यहरूमा दधिराज वाग्ले, उर्मिला न्यौपाने, वासना पण्डित, प्रकाश भण्डारी, विष्णु वाग्ले घिमिरे, भगवती वाग्ले नेपाल र सागर काफ्ले रहेका छन।
कार्यक्रम अभियानका केन्द्रीय संयोजक सुरेन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कवि तथा साहित्यकार माधवप्रसाद भारद्वाज प्रमुख अतिथि र अग्रणी महिला भुवनेश्वरी अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो।
करीब डेढ सय सहभागीको उपस्थिति रहेको सो कार्यक्रममा महासचिव सरोज ओझा, पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, इन्जिनियर ठाकुर प्रसाद पण्डित, र बाला शर्मा लगायतले अभियानका उद्देश्य र महत्वका बारेमा विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रमले साँगे सभ्यता संरक्षण तथा विकास अभियानलाई स्थानीय तहमा सशक्त रूपमा विस्तार गर्दै सांस्कृतिक पहिचान संरक्षणमा जोड दिने निर्णय गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
हरिबोधिनी एकादशी किन मानिन्छ? धार्मिक महत्व थाहा पाउनुहोस् !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १५ । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको व...
रसुवाको आमाछोदिङ्मोमा रैथाने परिकार बनाउने तालिम सम्पन्न
मिडियाबाजी डटकम, काठमाडौँ। रसुवा, २३ चैत ।रसुवा जिल्लाको अमाछोदिङ्मो गाउँपालिका- ५ ,पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्द्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धी कुक तालिम आइतबार सम्पन्न गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा...
पहिलोपटक म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दूरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालनसमेत भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – ख...
रुवी भ्याली गाउँपालिकाद्वारा तमु ल्होछारको शुभकामना व्यक्त
धादिङ । धादिङ रुवी भ्याली गाउँपालिकाले तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।
गाउँपालिकाका अध्यक्ष ...
उपत्यकामा २४ घण्टाभित्रै २ हजार २५६ सवारीचालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ । बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा दुई हजार २५६ जना सवारीचालकहरू सवारी नियम उल्लंघन गरेको अभियोगमा कारबाही...



