हरिबोधिनी एकादशी किन मानिन्छ? धार्मिक महत्व थाहा पाउनुहोस् !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १५ । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा। तोयराज नेपालले बताए ।तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाँई उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पहिलोपटक म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दूरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालनसमेत भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – ख...
रसुवाको आमाछोदिङ्मोमा रैथाने परिकार बनाउने तालिम सम्पन्न
मिडियाबाजी डटकम, काठमाडौँ। रसुवा, २३ चैत ।रसुवा जिल्लाको अमाछोदिङ्मो गाउँपालिका- ५ ,पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्द्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धी कुक तालिम आइतबार सम्पन्न गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा...
साँगे सभ्यता संरक्षण तथा विकास अभियानको चितवन नवलपुर क्षेत्रीय समिति गठन
चितवन, कात्तिक २२ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा आज गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा चितवन–नवलपुर क्षेत्रीय संगठन विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा साँगे खोलाको पानी ढो...
रुवी भ्याली गाउँपालिकाद्वारा तमु ल्होछारको शुभकामना व्यक्त
धादिङ । धादिङ रुवी भ्याली गाउँपालिकाले तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।
गाउँपालिकाका अध्यक्ष ...
उपत्यकामा २४ घण्टाभित्रै २ हजार २५६ सवारीचालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ । बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा दुई हजार २५६ जना सवारीचालकहरू सवारी नियम उल्लंघन गरेको अभियोगमा कारबाही...



