आइतबार, २४ जेठ २०८३
नेपाली

उपत्यकामा २४ घण्टाभित्रै २ हजार २५६ सवारीचालक कारबाहीमा

Main News Image

काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ । बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा दुई हजार २५६ जना सवारीचालकहरू सवारी नियम उल्लंघन गरेको अभियोगमा कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको यस देशव्यापी तथा स्थानीय सक्रियताका कारण नियम मिच्नेहरूबाट एकैदिन राज्यकोषमा ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको विवरण अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने र मादकपदार्थ सेवन मापसे गर्नेहरू रहेका छन् । प्रहरीका अनुसार तीव्र गतिमा चलाउने २३० जना र मापसे गरेर सवारी चलाउने १५१ जना चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । यसैगरी, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने १११ जना, ट्राफिक संकेत बत्ती रेड लाइट उल्लंघन गर्ने १४२ जना र निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना चालकहरू पनि कारबाहीको दायरामा आएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

रसुवाको आमाछोदिङ्मोमा रैथाने परिकार बनाउने तालिम सम्पन्न

मिडियाबाजी डटकम, काठमाडौँ। रसुवा, २३ चैत ।रसुवा जिल्लाको अमाछोदिङ्मो गाउँपालिका- ५ ,पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्द्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धी कुक तालिम आइतबार सम्पन्न गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा...

साँगे सभ्यता संरक्षण तथा विकास अभियानको चितवन नवलपुर क्षेत्रीय समिति गठन

चितवन, कात्तिक २२ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा आज गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा चितवन–नवलपुर क्षेत्रीय संगठन विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा साँगे खोलाको पानी ढो...

हरिबोधिनी एकादशी किन मानिन्छ? धार्मिक महत्व थाहा पाउनुहोस् !

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १५ । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको व...

पहिलोपटक म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दूरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालनसमेत भएको छ ।  म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – ख...

रुवी भ्याली गाउँपालिकाद्वारा तमु ल्होछारको शुभकामना व्यक्त

धादिङ । धादिङ रुवी भ्याली गाउँपालिकाले तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।

गाउँपालिकाका अध्यक्ष ...