नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब, जीडीपीको ४५.५९ प्रतिशत पुग्यो !
काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । यो कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४५.५९ प्रतिशत हो ।
गत आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । त्यसयता तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ बराबरको नयाँ ऋण प्राप्त गरेको छ । यही अवधिमा पुरानो ऋणको साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।
यस अवधिमा विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण वैदेशिक ऋण दायित्व भने १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँले घटेको कार्यालयले जनाएको छ । नयाँ ऋण प्राप्ति, साँवा भुक्तानी र विनिमय दरको प्रभाव समायोजन गर्दा असार मसान्तको तुलनामा सार्वजनिक ऋण २७ अर्ब ४१ करोड ३८ लाख रुपैयाँले बढेको देखिन्छ ।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३।१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत छ । जीडीपीको अनुपातमा आन्तरिक ऋण २१.३७ प्रतिशत र वैदेशिक ऋण २४.२२ प्रतिशत रहेको छ । यसले नेपालको सार्वजनिक ऋणमा बाह्य स्रोतको हिस्सा अझै बढी रहेको देखाउँछ ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुवेती दिनार झण्डै ५००
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
यस्त...
एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो । यता, चाँदीको मूल्य पनि तोला...
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहज...
नेप्सेमा ४.५९ अंकको वृद्धि, कारोबार ४ अर्ब ९० करोड
काठमाडौँ । साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाखको सेयर कारोबार भएको छ ।
आज...
नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न, गत वर्ष १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन
काठमाडौँ । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते आयोजित उक्त सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ...



