अन्त्येष्टि गरेको ६ महिनापछि घर फर्किए पदमबहादुर, परिवारले लिइसकेका थिए बिमाको पैसा
विराटनगर । जसको मृत्यु भयो भन्ने सोचे र परिवारले ६ महिना पहिल्यै अन्त्येष्टि गरिसकेको थियो, उनै व्यक्ति गत आइतबार राति ९ बजे जीवितै टुप्लुक्क घर आइपुगे । पदमबहादुरको अन्त्येष्टि सहित काजकिरिया भइसकेको थियो । जिउँदै फर्केपछि उनको पुनः न्वारान र ब्रतबन्ध गरियो, त्यसपछि पदम बहादुर अहिले दिलबहादुर बनेका छन् ।
पदमबहादुरको पुनरागमन परिवारका लागि अप्रत्याशित खुसीको क्षण बन्यो । तर यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ, त्यसबेला पदम ठानेर दाहसंस्कार गरिएको शव कसको थियो त ? मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राय क्षेत्री गत जेठमा मृत ठानेर परिवारले अन्त्येष्टि गरिएका व्यक्ति हुन् । उनी गत आइतबार राति ९ बजे जीवितै घरमा आइपुगे । मरिसकेको भनिएका व्यक्ति जिउँदै फर्कँदा परिवार र छिमेका कोलाहल मच्चियो । र, उनको घर फिर्ति सत्य थियो । हिन्दू परम्पराअनुसार उनको पुनः न्वारान र व्रतबन्ध गर्नुपर्यो । राय परिवारका छिमेकी तथा स्थानीय पत्रकार प्रशान्त निरौलाका अनुसार पदमबहादुरको नाम अब दिलबहादुरमा परिणत भएको छ ।
दुर्घटनामा उनको मृत्यु भएको विश्वासमा परिवारले अन्तिम संस्कार गरेको थियो । मृत्युका आधारमा दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँसमेत परिवारले बुझिसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकारको सम्पर्कमा आए १८१६ सुकुम्बासी परिवार
काठमाडौँ । काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा गएका छन् । काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारका अवैध संरचना हटाउने सरकारी कदमपछि हालसम्म १ हजार ८१६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा पुगेका हुन् ।
प...
त्रिशूलीमा फेला परेका पहिचान नखुलेका शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै
दमौली । भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका ५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ ।
भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी...
जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ । विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको...
आयोगले लियो पूर्वमहानिरीक्षक खापुङको बयान
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान लिएको छ । आयोगले बिहीबार सिंहदरबारमा खापुङसँग बयान लिएको हो । उनीमाथि २३ भदौमा अत्यधिक बल प्रयोग गरेको र २४ गते सार्वजनिक...
मन्त्रालयको चेतावनी : १५ दिनभित्र हाजिर नभए सरकारी सेवाबाट हटाइने
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अन्तिम चेतावनीसहितको सूचना जारी गरेको छ ।
मन्त्रालयद्वारा सार्वजनिक सूचना अनुसार, खानी तथा भूग...
भेरी अस्पतालले मृत भनेर घर पठाएका शिशु जीवितै, अस्पतालले माग्यो माफी
काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले जीवितै बच्चालाई मृत भनेर घर पठाइदिएको खुलेको छ । घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते शिशुलाई जन्म दिएकी थिइन् । ६१७ ग्राम मात्रै तोलका ती शि...



